२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी सरकारी कर्मचारीहरूलाई एक हप्ताभित्र प्रगति विवरण पेश गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । डजका प्रमुख एलन मस्कले अमेरिकी सरकारी कर्मचारीहरूलाई एक हप्ताभित्र प्रगति विवरण पेश गर्न निर्देशन दिएका छन्। यदि विवरण पेश नगरिए राजीनामा दिएको मानिने चेतावनीसमेत उनले दिएका छन्।

शनिबार दिउँसो सरकारी कार्यदक्षता विभाग(जड)का प्रमुख मस्कले सबै कर्मचारीहरूलाई इमेल पठाएर पछिल्लो सातादेखि के काम गरे भन्ने स्पष्ट विवरण माग गरेका हुन्। उनले पठाएको इमेलमा उल्लेख छ, “गत हप्ता तपाईँले के काम गर्नुभयो ?”

राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी खर्च कटौती र सेवा प्रवाह चुस्त बनाउन मस्कलाई सो विभागको प्रमुख पदमा नियुक्त गरेका थिए। उनले सरकारलाई अनावश्यक भार पर्ने कार्यालयहरू तथा कर्मचारी कटौती गर्ने नीति लिएको बताएका छन्।

हालै एक्समा मस्कले लेखेका थिए, “सरकारी कर्मचारीहरूलाई छिट्टै एक इमेल प्राप्त हुनेछ। यसको उद्देश्य पछिल्लो हप्ता उनीहरूले कुन काम पूरा गरे भनेर बुझ्नु हो।”

उनले थप लेखेका छन्, “यदि तपाईँले यो इमेलको जवाफ दिन असफल हुनुभयो भने, तपाईँले स्वेच्छिक राजीनामा दिएको मानिनेछ।”

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मस्कले सरकारी कर्मचारीहरूलाई पाँच बुँदामा आफ्नो कार्य विवरण पेश गर्न भनेका छन्, जसको एक प्रतिलिपि सम्बन्धित कार्यालय प्रमुखलाई समेत पठाउनुपर्ने छ। उक्त विवरण पठाउने अन्तिम समय सोमबार राति १२ बजेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस