१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाले दियो चुनौती

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न सरकारलाई चुनौती दिएको छ । आइतबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै उपसभापति डोल प्रसाद (डिपी) अर्यालले यस्तो चुनौती दिएका हुन् ।

‘दुई दलको दम्भले होइन नीति र विधिबाट छानबिन गरौँ । त्यसपछि थाहा हुन्छ, आफ्नालाई नजोगाएर देखाउ अनि थाहा हुन्छ हामीले किन छानबिनको माग गरेका छौँ,’ उनले भने ।

उपसभापति अर्यालले राज्यको उच्च निकायमा पुगेका पूर्व र वर्तमान सबै नेता र पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन पनि माग गरेका छन् । ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीज्यूबाट उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन म आग्रह पनि गर्दछु,’ उनले भने ।

तर, सरकार सत्तारुढ दलका नेता जोगाउनेमा केन्द्रित रहेको दोहोर्‍याए । उनले भनेका छन्, ‘सहकारीको प्रतिशोध हो कि होइन भन्ने विषय आफ्ना नेताहरूमाथि छानबिन सुरु गरौँ त्यसपछि थाहा हुन्छ, प्रमाणित हुनेछ,’ उनले भने ।

आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोधका आधारमा दुःख दिने काम भएको उनले बताए । यसको आधारमा सत्तारुढ दलका नेतामाथि छानबिन नहुने प्रवृत्ति नै रहेको उनको भनाइ छ ।

संसदमा प्रश्न उठेपछि आफ्नो पार्टीका सभापतिमाथि छानबिन समिति बनेको उनले स्मरण गरे ।

‘बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, प्रहरी महानिरीक्षकबाटै समेत संलग्नता छैन भन्दा भन्दै पनि सदनमा प्रश्न उठेपछि हामीले हाम्रो पार्टीको सभापतिबारे छानबिन तयार भयौँ । हाम्रो पार्टीको सभापतिमाथि छानबिन भयो र हामी अदालततिर कानुनी लडाइँमा छौँ,’ उनले भने ।

यसैगरी आरोप लागेका नेताहरूमाथि वर्तमान सरकारले उच्चस्तरीय छानबिन आयोग बनाएर छानबिन गरिनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस