काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले ल्याएको भूमि अध्यादेश देश हितमा नरहेको बताएका छन् ।
सुकुम्वासीलाई जग्गा दिने सरकारको मनसाय भए त्यसका लागि प्रचलित ऐन अनुसार पनि दिन सकिने बताएका छन् ।
सुकुम्वासीहरूलाई जग्गा दिने हो भने खोला खोल्सा र वनको जग्गा मास्न आवश्यक नरहेको बताए ।
‘बरु गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस्,’ आकस्मिक समयमा बोल्दै उनले भने ।