काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जसले आफ्नो जति आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहने बताएका छन् ।
संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै लिङ्देनले आफू राजालाई राज्य सञ्चालन र राजनीतिमा पूर्व राजालाई स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष भएको बताए ।
‘म पूर्व राजालाई राजनीति र राज्य सञ्चालनमा स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ,’ लिङ्देनले भने, ‘तसर्थ मलाई जसले जति विरोध गरोस्, म गणतन्त्रको विरोध गरिरहन्छु ।’