काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण काँग्रेस-एमालेबीच सत्ता सहकार्य भएको दाबी गरेका छन् ।
आइतबार रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
‘प्रचण्ड’को चकचक देखेपछि, उपद्रो देखेपछि आजित भएको काँग्रेस र एमालेले मिलेर अहिलेको सरकार बन्यो,’ महामन्त्री थापाले भने ।
साथै, उनले काँग्रेसले एमालेसँग गरेको समझदारी अनुसार ०८४ सम्म चल्ने पनि जिकिर गरे ।
‘एउटा प्रसंगले हामीलाई एक ठाउँमा पुर्यायो । अब ०८४ सालसम्म हाम्रो तर्फबाट कुनै पनि चकचक हुँदैन, कुनै पनि उपद्रो हुँदैन,’ महामन्त्री थापाले भने ।