१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक माहुरी पालन फस्टाउँदै

अ+ अ-

रामेछाप । जिल्लामा व्यावसायिक माहुरी पालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरूमा माहुरी पालन गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

मन्थली र रामेछाप नगरपालिका, सुनापति गाउँपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरी पालन गरिएका छन् । 

कम लगानीमा बढी आम्दानी हुने भएपछि यहाँका कृषक माहुरी पालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाउँमा पनि माहुरी पालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ ।

विशेष गरी सेरेना जातका माहुरीले प्रायः दुई/तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन् । लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किएका रामेछाप नगरपालिका-७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाउँमै केही गर्ने अठोटका साथ माहुरी पालन गरेका छन् ।

अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरी पालन सहज लागेकोले आफू यस प्रति सन्तुष्ट रहेको उनको भनाइ छ । अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ । एक सिजनमा एउटा घार बाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ ।

मन्थली नगरपालिका-१ का चन्द्रबहादुर मानन्धरले दुई/तीन वर्षमै माहुरी पालन विस्तार गरी २० घार बनाएका छन् । उनले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसक्नु भएको छ । सुरुमा माहुरीपालनसम्बन्धि कुनै ज्ञान नभए पनि छोटो अवधिको तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उनले बताए । 

उनले भने, “विषेशगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ । माहुरीको चरन क्षेत्र भनेको फूलबारी र तोरीवारी हो ।”

माहुरी पालन गर्ने कृषकले मह मात्र नभई माहुरी सहितको घारसमेत बिक्री गर्ने गरेका छन् । सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु. १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन् । 

मन्थलीमा सदाबहार बहुद्देश्यीय सहकारी संस्थाले पनि माहुरी पालन सुरु गरेको छ । छोटो तालिम पश्चात सुरु गरेको माहुरी पालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्मा गाउँघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरी पालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताए ।

उनले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा  एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आएका छन् । खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि व्यावसायिक माहुरी पालन गरेका छन् । रूपाकोट माहुरी पालन कृषक समूहले ५३ घार एकै ठाउँमा माहुरी पालन गरेका छन्  । खनियापानीमा मात्र पाँच सय घार माहुरी पालन गरिएको छ ।

महुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि विगतदेखि अनुदान स्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस