काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ ।
अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत सिइओ नियुक्तिका लागि सोमबार एक सूचना जारी गर्दै धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क. बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो ।
योग्य आवेदकहरूलाई सात दिनभित्र आवेदन दिन आह्वान गरिएको छ ।
हेर्नुहोस् नेप्सेको सीईओ पदका लागि दरखास्त आह्वान गरेको सूची :
