४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा नसर्ने रोग ‘स्क्रिनिङ’ अभियान

अ+ अ-

काभ्रेपलाञ्चोक । नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ । नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले आइतबारदेखि स्क्रीनिङ अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

पछिल्ला केही वर्षदेखि तीस वर्ष भन्दामाथि उमेर समूहकामा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएकाले स्क्रीनिङ अभियान सुरु गरिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले बताइन् । उनका अनुसार अभियानमा उक्त उमेर समूहमा बीएमआई (बडी मास इन्डेक्स) उच्च रक्तचाप, मधुमेह तथा मृगौँलाको परीक्षण गरिनेछ । अभियानका क्रममा स्वास्थ्य परीक्षण पश्चात नसर्ने रोगको पहिचान भएकालाई परामर्श गरिने जनाइएको छ । 

कार्यालयका अनुसार सहरी स्वास्थ्य कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ स्थानमा अभियान कार्यक्रम सञ्चालन गरिने छ, भने जिल्लाको १३ वटै स्थानीय तहले यससम्बन्धी छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नेछन् । अभियान कार्यक्रमले काभ्रेपलाञ्चोकमा नसर्ने रोग न्यूनीकरण हुने अपेक्षा गरिएको छ । अभियान एक महिना सञ्चालन हुने जनाइएको छ । 

यसैबीच मण्डनदेउपुर नगरपालिकाले मोतिया विन्दु पहिचान तथा शल्यक्रियाका लागि निःशुल्क आँखा शिविरको सुरुआत गरेको छ । आइतबार वडा नं १ स्थित डाँडागाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सुरु गरिएको शिविर बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले प्राविधिक सहयोग गरेकोमा नगरको १२ वटै वडामा सञ्चालन गर्ने जनाइएको छ । शिविरमा आँखामा मोतियाविन्दुको समस्या देखिएकाको मासुनागा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ ।

नगर स्वास्थ्य शाखाका अनुसार आइतबार सञ्चालित शिविरमा ७२ जनाको आँखा परीक्षण गरिएकामध्ये छ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । आँखामा समस्या देखिएकाको क्रमैसँग शल्यक्रिया गर्दै जाने शाखाले जनाएको छ । आज वडा नं २ को बालुवा पाटी स्वास्थ्य चौकी तथा बिहीबार वडा नं ५ स्थित गैह्री बिसौना स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस