काठमाडौँ । संघीय संसद् अन्तर्गत सोमबार दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।
त्यस्तै, पौने १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयन अवस्थाबारे अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरूसँग छलफल हुने सचिवालयले जनाइएको छ।