काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले युवाहरू विदेशिनेक्रम बढ्दो रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै उनले युवा जनशक्तिलाई स्वदेशमा राख्न नसकिएकाले पछिल्लो समय युवाहरु विदेशिनेक्रम बढिरहेको बताएका हुन् ।
यस्तै उनले टिचिङ अस्पतालबाट मात्रै ४३ जनाले एमबीबीएस पास गरेको र त्यसमध्ये ४१ जनाले विदेश जान निवेदन दिएको जानकारी दिए ।
‘हालै नेपालको सबैभनदा उत्कृष्ठ टिचिङ अस्पतालमा ४३ जनाले एमबीबीएस पास गरेकोमध्ये ४१ जनाले विदेश जानको लागि नेपालमा आफ्नो भविष्य नदेखेपछि विदेशमा नै अभ्यास गरेर बाँकी अध्ययनका लागि सम्बन्धित निकायमा आवेदन दिइसकेको छ,’ उनले भने ।