काठमाडौँ । १४ किलो ७७४ ग्राम लागू औषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ।
मातहत इलाका प्रहरी कार्यालय कृष्ण नगरबाट खटिएको प्रहरी टोलीले कपिलवस्तु कृष्ण नगर नगरपालिका यात्रु गेट स्थितमा नेपालबाट पैदल भारततर्फ जाने क्रममा कपिलवस्तु शिबराज नगरपालिका बानियाभारमा बस्ने ६६ वर्ष शुकलाल घर्ती, रोल्पा थवाङ गाउँपालिका कुशवाङ बस्ने ४९ वर्ष प्रेमसरि रोका र रुकुम पुर्ब भुमे गाउँपालिका कार्कीमा बस्ने २६ वर्षकी सरिता पुनलाई शनिबार पक्राउ गरेको हो ।
उनीहरूको साथमा खानतलासी गर्दा शुकलाल घर्तीको कम्मरमा कपडाको सहायताले लुकाई छिपाई बाँधेर राखेको ३ के.जी.१२८ ग्राम, प्रेमसरि रोकाले निजको कम्मरमा कपडाको सहायताले लुकाई छिपाई बाँधेर राखेको ५ के.जी.९६८ ग्राम तथा सरिता पुनले निजको कम्मरमा कपडाको सहायताले लुकाई छिपाई बाँधेर राखेको ५ के.जी.६७८ ग्राम गरी कुल १४ के.जी. ७७४ ग्राम लागु औषधचरेस प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई पक्राउ गरी सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट दशको म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक प्रवक्ता सूचना अधिकारी माधव विश्वकर्माले जनाकारी दिए ।