१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाथीभरा केवलकार निर्माण विवादबारे वार्तामा बस्न सरकारको पुनः आह्वान

अ+ अ-

काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई पुनः वार्तामा बोलाएको छ ।

गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन आग्रह गरेका हुन् ।

उनले सोमबार राति सूचना जारी गरेर वार्तामा आउन आह्वान गरेका थिए । सूचनामा भनिएको छ, ‘निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ ।’

सरकारले समस्या समाधान गर्न गत २० माघमा भट्टराईको नेतृत्वमा वार्ताटोली गठन गरेको थियो । सो टोलीले आन्दोलनरत पक्षसँग दुई पटक वार्ता गरिसकेको छ । तर, सहमति जुट्न सकेको छैन ।

दुई चरणका वार्ताले समाधान नदिएपछि आन्दोलनरत वार्तामा बसेको छैन । ‘नो केबुलकार’ समूहले भट्टराई नेतृत्वको वार्ता समितिसँग संवादमा नबस्ने भदै अर्को वार्ता समिति गठन गर्न माग गर्दै आएको छ । वार्ता रोकिएपछि त्यस पुनः आन्दोलन सुरु हुँदा त्यस क्षेत्रमा पटक पटक झडप भएको छ ।

प्रतिक्रिया दिनुहोस