काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा डा. संगीता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टंक बाराकोटी रहेका छन् ।
सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जना अतिरिक्त सचिवको नाम सिफारिस हो ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलको १२ फागुनबाट अनिवार्य अवकाश भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवको नाम सिफारिस भएको हो ।