७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्कीद्वारा शिवरात्रि पर्व शुभकामना

अ+ अ-

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाशिवरात्रि पर्वको सम्पूर्ण स्वदेशी तथा विदेशी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले आज एक शुभकामना सन्देश जारी गर्दै पर्वको उपलक्ष्यमा प्रदेशसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् ।

“हाम्रो मुलुकमा धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइन्छ । आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरुपम मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यामिक चिन्तनको केन्द्र रही आएको छ”, सन्देशमा भनिएको छ ।

उनले यस पर्वले हामीलाई एक आपसमा मिलेर बस्न र भाइचाराको भावना विकास गर्न सहयोग पुर्‍याएको भन्दै बहुभाषिक, बहुधार्मिक र बहुजातिय मिश्रण रहेको हाम्रो मुलुकमा यस्ता आस्थाका धरोहरले धार्मिक सहिष्णुता अभिवृद्धि गरेको उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुका लागि गौरवको विषय हो भन्दै पवित्र पाशुपात क्षेत्रको विकास र प्रचारप्रसार गर्दै नेपालमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे ।

उनले सन्देशमा भनेका छन्, “प्रदेश सरकार सबै किसिमका धर्म र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै धार्मिक क्षेत्रको विकासलाई पर्यटनसँग जोडेर धार्मिक पर्यटन प्रवर्द्धनको अभियानमा क्रियाशील छ ।”

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको उल्लेख गरेका छन् । उनले शिवरात्रिसँगै मनाइने सैनिक दिवसका अवसरमा पनि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस