सुर्खेत । समाजसेवी महेन्द्र कुमार थापालाई सुर्खेतमा एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । वीरेन्द्रनगर-९ सुर्खेतमा रहेको आदर्शराज मेमोरियल इङ्लिस मिडियम स्कुलको ३५ औँ वार्षिक उत्सवका अवसरमा थापालाई सम्मान गरिएको हो । थापा यस स्कुलका पूर्व विद्यार्थी समेत हुन् ।
स्वास्थ्य क्षेत्रमा रही कर्णालीका विभिन्न स्थानमा रहेका बेसहारा, सहाराविन सडक मानवहरूलाई मानव उचित व्यवस्थापनका लागि स्वास्थ्य व्यवस्थापनमा अनवरत रूपमा सेवा पुर्याउँदै आएको र उक्त सेवालाई थप ऊर्जा दिन पूर्व विद्यार्थी थापालाई सम्मानित गरिएको हो ।
सम्मान कार्यक्रममा समाजसेवी थापाले यस स्कुलका संस्थापक फाउन्डर स्वर्गीय गुरु सीताराम कार्कीलाई सम्झिँदै भन्छन्, ‘आफू पढेको यस स्कुलमा बिएस्सी र बिबिएस जस्ता ब्याचलर लेभलका विषयहरू थप्ने चाहना छ । स्कुलको हरेक क्रियाकलापमा आफ्नो सहभागिता सदैव रहने छ ।’