७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५० लाख डलरमा ‘गोल्ड कार्ड’ भिसा बेच्ने ट्रम्पको घोषणा

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गरेका छन् ।

ट्रम्पले परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका हुन् ।

‘हामी ‘गोल्ड कार्ड’ भिसा बेच्ने तयारी गरिरहेका छौँ । हामी त्यो कार्डको मूल्य करिब ५० लाख अमेरिकी डलर मूल्य राख्ने तयारी गरिरहेका छौँ,’ ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग भने ।

आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकता लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेका रिपब्लिकन राष्ट्रपति ट्रम्पले नयाँ कार्ड अत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताए ।

ट्रम्पले भने, ‘धेरै मानिसहरू यो देशमा बस्न चाहन्छन्, र उनीहरूले काम गर्न, रोजगारी प्रदान गर्न र कम्पनीहरू निर्माण गर्न सक्षम हुनेछन् र यसरी आउने पैसा भएका मानिसहरू हुनेछन् ।’

करिब दुई साताभित्र कार्डको बिक्री सुरु हुने ट्रम्पले बताए । ‘हामी यी कार्डहरू मध्ये १० लाख बिक्री गर्न सक्षम हुनेछौँ । हामीले यो सबै काम अमेरिकी कानुन अनुरूप नै गरेका छौँ,’ ट्रम्पले भने ।

उनले नयाँ गोल्ड कार्डको लागि सबै आवेदकहरूलाई सावधानीपूर्वक जाँच गरिने बताए । तर, धनी रुसीहरूले पनि आवेदन दिन पाउँछन् कि सक्दैनन् भन्ने प्रश्नमा ट्रम्पले यो सम्भावना रहेको बताए ।

‘सम्भवतः म केही रुसी कुलीन वर्गहरूलाई चिन्दछु जुन धेरै राम्रो मानिसहरू हुन् । यो सम्भव छ,’ ट्रम्पले भने । ‘उनीहरू पहिलेजस्तो धनी छैनन् । मलाई लाग्छ कि उनीहरूले गर्न सक्छन् । मलाई लाग्छ उनीहरूले ५० लाख डलर खर्च गर्न सक्छन् ।’

तीन वर्षअघि मस्कोले युक्रेनमाथि आक्रमण गरेयता थुप्रै रुसी कुलीन वर्गपश्चिमी प्रतिबन्धको चपेटामा परेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै रुसमाथिको प्रतिबन्ध फुकुवा गर्न कुनै न कुनै समयमा सम्भव भए पनि अहिले वार्ताको टेबलमा नरहेको बताए ।

ओभल अफिसमा ट्रम्पको छेउमा उभिएका अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले गोल्ड कार्डको बारेमा भने, ‘हामी त्यो पैसा हाम्रो घाटा कम गर्न प्रयोग गर्न सक्छौँ ।’

लामो व्यावसायिक करियरमा होटेल र क्यासिनोको शृङ्खलाबद्ध ब्रान्डिङ गरेका ट्रम्पले नयाँ कार्डको नाम पनि आफ्नो नाममा राख्न सकिने सुझाव दिएका छन् ।

आफूलाई अरु कसैले सो कार्डको नाममा ट्रम्प जोड्न सकिन्छ भनेर सोधेको प्रसंग कोट्याउँदै ट्रम्पले पत्रकारहरूसँग भने, ‘कसैले मलाई भन्यो– के हामी यसलाई ट्रम्प गोल्ड कार्ड भन्न सक्छौँ रु प्रतिउत्तरमा मैले भने– यदि यसले मद्दत गर्छ भने, ट्रम्प नाम प्रयोग गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस