काठमाडौँ । इन्टरनेसनल वमेन्स च्याम्पियनसिपअन्तर्गत फाइनलको पहिलो हाफमा नेपाल र म्यानमारले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
दुवै टिमले गोलका केही अवसर बनाए पनि पोष्टको दिशा भने दिन सकेनन् । सावित्रा भण्डारी र रेखा पौडेलले गोल गर्ने केही अवसर गुमाए । म्यानमार टिमको प्रहार गोलकिपर एवं क्याप्टेन अन्जना लिम्बूले असफल बनाइन् ।
लेबनन र कीर्गिस्तानसमेत सहभागी चार देशीय च्याम्पियनसिपको लिग चरणमा शीर्ष दुई भित्र रहँदै नेपाल र म्यानमारले फाइनल खेलेका हुन् । लिग चरणमा यी दुई टिमले २२ गोलको बराबरी खेलेका थिए ।