६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल-भारतबीच सम्बन्ध थप सुदृढ गर्न र साझा अवसरहरूको लाभ लिन आवश्यक’ : सभापति यादव

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल-भारत सम्बन्ध सुदृढ गर्न र साझा अवसरको लाभ लिन सहकार्यको आवश्यकता रहने बताएका छन् ।

भारतको नयाँ दिल्लीमा आयोजित ‘नेपाल-भारतसम्बन्ध, छिमेकी कूटनीति र बुद्धका उपदेशको सान्दर्भिकता’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, र जनस्तरको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए ।

“नेपाल र भारतबीच शताब्दीयौँदेखि सभ्यतागत सम्बन्ध छ । जसलाई साझा इतिहास, परम्परा, धर्म, विश्वास, र जनस्तरको सम्बन्धले परिभाषित गर्छ । यी साझा विशेषताहरूले हामीलाई इतिहास र संस्कृतिसँग जोडिएका अवसरलाई मूर्तरूप दिन मात्र होइन, द्विपक्षीय सम्बन्ध सुदृढ पार्दै क्षेत्रीय सहकार्यमार्फत साझा समृद्धि हासिल गर्ने अवसर प्रदान गर्छ”, सभापति यादवले भने ।

उनले नेपाल–भारतको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्न बौद्ध, रामायण र महाभारत सर्किटजस्ता धार्मिक पर्यटन मार्गहरूको प्रवर्द्धन गर्नुपर्ने बताए । दुई देशबीच भौतिक र डिजिटल सम्पर्कमा विस्तार, आर्थिक र क्षेत्रीय सहकार्यलगायत विषयमा आफ्नो धारणा  पूर्वमन्त्री यादवले दक्षिण एसियामा साझा समृद्धि र शान्तिका लागि नेपाल–भारतको सहकार्यलाई थप बलियो बनाउन आह्वानसमेत गरे ।

बोधगया र लुम्बिनीलाई जोडेर बौद्ध सर्किट बनाउने, अयोध्या र जनकपुरलाई समेटेर रामायण सर्किट विस्तार गर्ने तथा पाण्डवहरूसँग सम्बन्धित स्थानलाई समेटेर महाभारत सर्किट प्रवर्द्धन गर्ने योजनालाई मूर्त रूप दिइनुपर्ने उनको भनाइ छ । त्यस्तै, सीमापार रेल, सडक, पेट्रोलियम पाइपलाइन र ऊर्जा प्रसारणलाइन जस्ता पूर्वाधार परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने पनि सभापति यादवको भनाइ छ । 

नेपाल-भारतबीच डिजिटल भुक्तानी प्रणालीमा सहकार्य तथा अन्तर आबद्धताको विषय पनि उनले उठाए । त्यस्तै, भारतबाट नेपालमा जलविद्युत्, उद्योग, र पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै उनले त्रिपक्षीय ऊर्जा सम्झौताले क्षेत्रीय सहकार्यको ढोका खोलेको बताए।

 “यी साझा अवसरको लाभ लिन दुवै देशले पर्याप्त प्रयास गर्न आवश्यक छ । यी पहललाई व्यावहारिक रूपमा सफल बनाउन प्रतिबद्धता चाहिन्छ”, उनले भने, “भौतिक र डिजिटल सम्पर्क हाम्रो सहकार्यको प्रमुख आधार हुनुपर्छ, किनभने तिनीहरू आर्थिक वृद्धि, सामाजिक प्रगति, र क्षेत्रीय स्थिरताका लागि महत्त्वपूर्ण छन् ।”

सार्क, विमस्टेक, बिबिआइएनजस्ता क्षेत्रीय मञ्चहरूको प्रभावकारी प्रयोग गर्दै नेपाल-भारत सम्बन्धलाई मात्र नभई सम्पूर्ण दक्षिण एसियाली क्षेत्रलाई समृद्ध बनाउने दिशामा काम गर्न उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस