१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्नेछ: ‘प्रचण्ड’

अ+ अ-

नसरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीद्वारा सञ्चालित ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ ले दक्षिण नेपालका जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन् ।

उक्त अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले दक्षिण भेगका नागरिकहरू राज्यबाट वर्षौँदेखि विभेदमा परिरहेको उल्लेख गरे। विभेद विरुद्ध संघर्ष गर्न अभियान थालिएको जनाउँदै उनले जति दक्षिणतिर पुग्यो, त्यति नै विभेद र अभावको मात्रा बढेको बताए ।

अध्यक्ष ‘प्रचण्ड’का अनुसार, भौतिक पूर्वाधारको विकासमा राज्यको ध्यानाकर्षण गराउनु, पार्टीको तर्फबाट पहल लिनु तथा मानवीय विकास र सचेतनाका लागि अभियान प्रभावकारी बन्नेछ। उनले माओवादी केन्द्रको बलिदानपूर्ण संघर्षबाट धेरै अधिकार प्राप्त भए पनि कार्यान्वयनमा गति नआएको गुनासो गर्दै, माओवादी नेतृत्वको सरकारले जनहितका काम अघि बढाउँदा अवरोध स्वरूप सरकार नै परिवर्तन गरिएको आरोप लगाए ।

त्यसैगरी, वर्तमान सरकार भ्रष्ट, दलाल र बिचौलियाहरूको हितमा मात्र केन्द्रित रहेको आरोप लगाउँदै उनले जनतालाई सचेत गराउने अभियान नै माओवादीको प्रमुख उद्देश्य भएको स्पष्ट पारे ।

रासायनिक मल आपूर्तिको सन्दर्भमा अध्यक्ष ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा सहज आपूर्ति सुनिश्चित गरिएको स्मरण गराउँदै हाल पुनः मल अभाव देखिएको बताए। साथै, विद्यालय शिक्षा विधेयक संसदमा पुर्‍याइए पनि त्यसलाई पारित गर्दै शैक्षिक सुधारलाई उच्च प्राथमिकता दिनुपर्नेमा उनले जोड र्दिए

कार्यक्रममा सुनसरीका स्थापित कृषि व्यवसायी राधाकृष्ण राई माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अभियान टोली आज दिनभरि सुनसरीका विभिन्न स्थानहरूमा सक्रिय रहनेछ। बर्जु ताल अवलोकन, उखु किसानहरूसँग छलफल, मुस्लिम समुदायसँग भेटघाट, गढी र जाल्पपुरमा सभा तथा कोशी, भोक्राह, र मधुवनमा जनभेटघाट कार्यक्रम माओवादी केन्द्र, सुनसरीले आयोजना गरेको छ।

प्रतिक्रिया दिनुहोस