६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माध्यमिकी परिक्रमाले दुई देशबीच धार्मिक, सांस्कृतिक सहिष्णुता बढाउँछ : प्रदेश प्रमुख सुमित्रा सुवेदी

अ+ अ-

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले मिथिला माध्यमिकी परिक्रमा धार्मिक यात्राका साथै नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक सहिष्णुता बढाउने माध्यम रहेको बताएकी छन् । 

आज धनुषाको मिथिला बिहारी नगरपालिका–८ बाट मिथिला बिहारीको डोला शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले माध्यमिकी परिक्रमाले नेपाल र भारतबीचमा धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई बलियो बनाउने अवसर प्रदान गर्ने धारणा राखिन् । 

मिथिला बिहारी नगरपालिकालाई धार्मिकस्थानका रूपमा पहिचान दिने उद्देश्यले नामाकरण गरिएको भन्दै यसले यहाँको धार्मिक महत्वलाई अझ प्रगाढ बनाएको प्रदेश प्रमुख भण्डारीले उल्लेख गरिन्। उनले भनिन्, “मिथिला बिहारी क्षेत्रको नामाकरण धार्मिक आस्थाको प्रतीक हो । यस क्षेत्रले धार्मिक र सांस्कृतिक धरोहरलाई प्रगति र समृद्धिको पथमा अघि बढाएको छ ।” 

मिथिला बिहारी भगवान्को डोला निकालेर परिक्रमा गराउने परम्परा नेपाल र भारतका विभिन्न स्थानमा पुग्ने गर्दछ । सांस्कृतिक र धार्मिक मान्यताका आधारमा सुरु भएको यो परम्परा १५ दिनसम्म रहन्छ । 

“यस परिक्रमा यात्राले केवल धार्मिक आस्था बलियो बनाउने मात्र नभई यसले विभिन्न संस्कृतिकोसंगका रूपमा पनि समाजलाई एकजुट राख्छ”, प्रमुख भण्डारीले भनिन् । यस परिक्रमा यात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रबाट लाखौँ श्रद्धालु भक्तजन, साधुसन्त र महन्थको सहभागिता रहने जनाइएको छ । 

प्रदेश प्रमुख भण्डारीले यसको धार्मिक र सांस्कृतिक महत्वलाई सबैले संरक्षण र प्रवर्द्धन गर्दै जानुपर्नेमा जोड दिइन्। उनले भनिन्, “यो धार्मिक यात्रा दुई देशका नागरिकबीचमा सद्भाव, आत्मीयता र सहयोगको सन्देश प्रवाह गर्ने अवसर हो । यसले नेपाल र भारतबीचको कूटनीतिक, धार्मिक र पारस्परिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत गर्दछ ।”

भगवान् रामकी धर्मपत्नी सीता माताको अर्को नाम मिथिला रहेको उल्लेख गर्दै उनले मिथिलाञ्चल क्षेत्र पवित्र स्थलका रूपमा चिनिन्छ र यसको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व स्वदेश तथा विदेशमा पनि रहेको बताइन् । 

मिथिला माध्यमिकी परिक्रमा नेपाल र भारतका धार्मिकस्थलमा विश्राम गर्दै  १५ दिनसम्म जारी रहन्छ । प्रदेश प्रमुख भण्डारीले यात्रा अवधिभर सहभागी हुने साधुसन्त, सन्यासी, नागा तथा अन्य श्रद्धालुको स्वागत र सम्मान गर्न स्थानीय बासिन्दा एकजुट भएर काम गर्नुपर्नेमा जोड दिइन्। उनले यात्राका सबै सहभागीलाई शुभकामना समेत दिइन् । 

यात्राका क्रममा नेपाल र भारतका विभिन्न धार्मिकस्थलमा विश्राम गरेर भक्तजन भगवान् मिथिला बिहारी, किशोरीजी र अन्य प्रमुख धार्मिकस्थलको दर्शन गर्न अघि बढ्नेछन् । यात्राको समापन जनकपुरधाममा पञ्चकोशी परिक्रमा र जानकी मन्दिरको दर्शन गरेसँगै हुनेछ ।

नेपालकको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा शुभारम्भको अवसरमा मधेस प्रदेशका प्रदेशका प्रमुख भण्डारीले यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई जोड दिँदै परिक्रमा यात्रा सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस