१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वले सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले सिंगो देश र समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्ने उल्लेख गरेका छन् । 

शेर्पा समुदायको महान् पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसारको अवसरमा देश र विदेशमा रहेका शेर्पा समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उनले पर्वलाई समाजमा सौहार्द, एकता, समझदारी, मित्रता र सहकार्यको भावना अभिवृद्धि गर्ने अवसरका रूपमा लिन सक्नुपर्ने बताएका छन् । 

उपराष्ट्रपति यादवले पर्वका अवसरमा परिवार, साथीहरू र समुदायबीचमा भेटघाट, भोज, नृत्य र संगीतका कार्यक्रमहरू आयोजना हुनुले समाजमा परस्पर मेलमिलाप, स्नेह र समरसता बढाउनमा सघाउने उल्लेख गरेका छन् । 

यो पर्व नेपालको हिमाली भूभागमा बसोबास गर्ने आदिवासी जनजातिहरू शेर्पा, तिब्बती र योल्मो समुदायले मनाउने गरे पनि नेपालको विविधतायुक्त समाजमा सांस्कृतिक घुलनका कारण अन्य चाडपर्वमा जस्तै पछिल्लो समय अरू समुदायका मानिसको पनि यसमा उल्लेख्य सहभागिता जनाउने गरेका छन् । यसले राष्ट्रिय एकतालाई थप बलियो, प्रगाढ र सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई अक्षुण्ण बनाइराख्न सबैलाई उत्प्रेरित पनि गर्दछ । 

सामूहिक रूपमा एकअर्काको हात समाएर सुख र दु:खको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनु, तुङ्गना (डम्याङ)को संगीतमय वातावरण सृजना गर्नु यो पर्वको मौलिकता भएको उनको भनाइ छ । यसले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन सजग र सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई प्रवाह गर्ने उपराष्ट्रपति यादवले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस