काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले एक विषय मौका परीक्षाको आवेदन फाराम खुला गरेको छ ।
कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस परिषद् अन्तर्गत सञ्चालित वार्षिक परीक्षा प्रणाली तर्फ डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण कार्यक्रमहरूको र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम समेतका लागि हालसम्म प्रथम र दोस्रो वर्ष उत्तीर्ण भई तेस्रो वर्षको नियमित तर्फको नतिजामा कुनै एक विषय मात्र अनुत्तीर्ण भएका परीक्षार्थीहरूको लागि आवेदन फारम खुला गरेको जनाएको छ ।
आवेदन २०८१ साल चैत्र ०३ गते भित्र नियमित शुल्क र २०८१ साल चैत्र १० गते भित्र विलम्ब शुल्क तिरेर फाराम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । कार्यालयले परीक्षा सम्बन्धी विनियमावली, २०७१ बमोजिम सैद्धान्तिक एक विषयको मौका परीक्षा वैशाख महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भरी बुझाउन अनुरोध गरेको छ ।
तोकिएको समयभित्र आवेदन फाराम नबुझाउने शिक्षालयका विद्यार्थीहरूलाई परीक्षामा सम्मिलित नगराइने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना:
