२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माल्दिभ्सका सभामुखसँग सांसद ढकालको भेटवार्ता

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले माल्दिभ्सका नवनिर्वाचित सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट गरेका छन् ।

माल्दिभ्सको संसद भवनमा भएको भेटवार्तामा द्विपक्षीय हित, संसदीय अभ्यासको आदानप्रदान तथा क्षेत्रीय सहकार्य लगायतका विषयमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य रहेका सांसद ढकालले नेपालका सभामुख देवराज घिमिरेको तर्फबाट शुभकामना व्यक्त गर्दै सार्क मुलुकका सभामुख र सांसदहरूबीचको संसदीय आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।

सभामुख अब्दुल्लाले नेपाल र माल्दिभ्सबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोगलाई थप सुदृढ गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका ढकाल माल्दिभ्सको दुई दिने मैत्रीपूर्ण भ्रमणका लागि माल्दिभ्स पुगेका हुन् । नेपाल र माल्दिभ्सबीच सन् १९८० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस