काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको अस्ट्रेलियालाई नवप्रवेशी अफगानिस्तानले जितका लागि २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
पहिलो पटक च्याम्पियन्स ट्रफीमा सहभागी भएको अफगानिस्तानले दोस्रो खेलमा सनसनीपूर्ण रूपमा इंग्ल्यान्डलाई हराएको थियो।
आफ्नो अन्तिम खेल खेलिरहेका दुवै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेका छन्। आजको खेलमा अफगानिस्तान पराजित भएमा अन्तिम खेल अगावै दक्षिण अफ्रिका अस्ट्रेलियासँगै सेमिफाइनल पुग्नेछ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ७३ रन बनाएको थियो। उसलागि सिद्दिकुल्लाह अतलले सर्वाधिक ८५ रन बनाउँदा अजमतुल्लाह ओमरजाइले ६७ रनको अर्धशतकीय इनिङ्स खेले।
त्यस्तै, इब्राहिम जाद्रानले २२ रन बनाउँदा हस्मतुल्लाह साहिदीले २० रन बनाएका थिए। त्यस्तै, रसिद खानले १९ रन बनाउँदा रहमत साहले १२ रन बनाए। अन्यको प्रदर्शन भने गतिलो रहेन।
अस्ट्रेलियाका लागि बेन ड्वारसुइसले ३ विकेट लिँदा स्पेनस्र जोनसोन र एडम जाम्पाले समान २(२ विकेट लिएका थिए। त्यस्तै, नाथन एलिस र ग्लेन म्याक्सवेलले समान १(१ विकेट लिएका थिए।