तनहुँ । ब्यास नगरपालिका-४ सिमलटार बस्ने ४१ वर्षीय कृष्ण बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुरसमेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ३६ हजार ३ सय १० नेपाली रुपैयाँ, २ हजार २ सय ५० भारतीय रुपैयाँ र २ सय १३ पत्ती ताससहित शुक्रबार बेलुकी पक्राउ गरेको हो । उनीहरूलाई हाल पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।