७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा

अ+ अ-

महोत्तरी। मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिने भएको छ । नगरमा आइतबारका लागि सार्वजनिक बिदा दिइएको हो ।

मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिता हुन सकोस् भन्ने ध्येयले सार्वजनिक बिदा दिँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । 

मिथिला माध्यमिकी परिक्रमाको ‘डोला’ (श्रीराम सीताको प्रतिमा राखिएका डोली) साथ यस यात्राका सहभागी यात्री आइतबार मटिहानी आइपुग्दैछन् । यात्राको चौथो दिन ‘डोला’ मटिहानी आइपुग्ने मिथिलाको स्थापित परम्परा हो । मटिहानी परिक्रमा महोत्तरी प्रवेश गर्ने द्वार पनि हो । मटिहानीसँगै लगातार पाँच रात परिक्रमा यात्रीले जिल्लामा बिताउनेछन् ।

महोत्तरीमा माध्यमिकी परिक्रमा यात्राको चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ दिन क्रमशः मटिहानी, जलेश्वर, मडै (महोत्तरी गाउँपालिका) ध्रुव कुण्ड (बलवा नगरपालिका) र कञ्चनवन (भंगाहा नगरपालिका) मा रात्रि बासको परम्परा छ । श्रीराम र सीताका प्रतिमा राखिएका ‘डोला’साथ यात्री पडावस्थल (पारम्परिक रात्रि विश्राम स्थल) पुगेपछि सो दिन ती ठाउँमा परिक्रमा मेलाको परम्परा रहँदै आएको छ ।

आफ्नो ठाउँमा मेला र रात्रि विश्रामका दिन जिल्लाका अन्य चार स्थानीय तह जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र भंगाहा नगरपालिका कार्यालयले पनि यसअघिदेखि नै सार्वजनिक बिदा दिँदै आएका छन् ।

गत बिहीबार धनुषाको मिथिला विहारी-८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट श्रीराम र जनकपुरधाम-८ स्थित सुन्दर सदन मठबाट श्री सीताजीका प्रतिमा ‘डोला’ मा राखेर सुरु भएको यात्रा १५ रात बिताएर १६औँ दिन बिहान जनकपुरधामको अन्तर गृह परिक्रमा गरेर सम्पन्न गरिने परम्परा छ । यस यात्रामा महोत्तरीका पाँच, धनुषाका छ र भारतको मधुवनी जिल्लामा चार पडावस्थल (रात्रि विश्राम स्थल) को चलन छ । 

यात्रामा साधु सन्त र गृहस्थ जीवनका सर्वसाधारणसहित १०औँ हजारको सहभागिता छ । यो यात्राको अभिष्ठ मोक्ष कामना र कल्याण रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

प्रतिक्रिया दिनुहोस