६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर प्रदेशस्तरीय भलिबलमा सेनाको भैरवी दल र महोत्तरी फाइनलमा

अ+ अ-

सर्लाही । नेपाली सेनाको भैरवी दल र महोत्तरीको करुणा क्लब सर्लाहीको हरिपुरमा जारी भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

हरिपुर नगरपालिका-७ चिताइनमा आज सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै सेनाको भैरवी दल गण पाँच कुमारी र करुणा क्लबले कम्तीमा उपविजेताको उपाधि रक्षा गरेका हुन् । भैरवी दलले धनुषाको मिथिला विहारी नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धामा भैरवीले २५-१७, २५-२१ र २५-२० को नतिजा निकाल्यो ।

यस्तै दोस्रो सेमिफाइनलमा महोत्तरीको करुणा क्लबले सर्लाहीको बड्कुर्वालाई ३-० को सोझो सेटमा पराजित गरेको हो । करुणाले बड्कुर्वालाई २५-२१, २५-२३ र २५-१८ ले पराजित गरेको आयोजक लक्ष्मीनाथ युवा क्लबका सल्लाहकार चेननारायण धामीले जनाकारी दिए । उनका अनुसार फाइनल खेल आइतबार हुनेछ । 

यस्तै प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय महिला भलिबलको लिग चरणको दुई खेल पनि आज सम्पन्न भएका छन् । आज दिउँसो महोत्तरी र सप्तरीबीच भएको प्रतिस्पर्धामा महोत्तरी विजयी भएको छ भने बारा र सर्लाहीबीच भएको दोस्रो खेलमा बारा विजयी भएको हो ।

महिला टोलीको सेमिफाइनल र फाइनल खेलहरू आइतबार बिहान र दिउँसो खेलाइने भन्दै पुरुषतर्फको फाइनल खेल आइतबार हुने आयोजक क्लबका अध्यक्ष नरहरि धामीले बताए । उनका अनुसार भलिबल खेल र खेलाडीको उर्वर भूमिका रूपमा रहेको यहाँ लक्ष्मीनाथ युवा क्लबको आयोजनामा हरेक वर्ष महाशिवरात्रिका अवसरमा अन्तर प्रदेशस्तरीय पुरुष र प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ । 

पुरुषतर्फ प्रतियोगिताका विजेता टोलीले सिल्ड, मेडल, प्रमाणपत्रसहित रु. एक लाख र उपविजेता टोलीले रु. ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कारको व्यवस्था गरिएको क्लबको भनाइ छ । प्रतियोगितामा सर्लाही, महोत्तरी, धनुषा, बारा, सिन्धुली, मकवानपुर र एक विभागीय गरी नौ टोली सहभागी छन् । 

यस्तै महिलातर्फको प्रदेशस्तरीय भलिबल प्रतियोगिताका विजेताले रु. १५ हजार नगदसहित सिल्ड, मेडल, प्रमाणपत्र र उपविजेता टोलीले नगद रु. १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा सर्लाही, बारा, सप्तरी र महोत्तरीका गरी चार टोली सहभागी भएका छन् । यहाँ विगत दुई दशक बढी समयदेखि भलिबल प्रतियोगिता आयोजना हुँदै आएको आयोजकको भनाइ छ ।

जिल्ला स्तरीय, अञ्चल स्तरीय, क्षेत्र स्तरीय, प्रदेशस्तरीय हुँदै अहिले अन्तर प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना भइरहेको अध्यक्ष धामीले बताए । यस प्रतियोगितालाई राष्ट्रिय स्तरको प्रतिस्पर्धाका रूपमा लैजाने लक्ष्य रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस