६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संस्कृतिसम्बन्धी चिनियाँ नीति विश्वकै लागि अनुकरणीय’

अ+ अ-

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले छिमेकी राष्ट्र चीनले सांस्कृतिक उत्थानका लागि लिएको नीतिले विश्वकै लागि अनुकरणीय रहेको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ बैठकद्वारा पारित भौतिक र सांस्कृतिक उन्नयनसम्बन्धी नीति र चिनियाँ अभ्यासबारे छलफल गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले मानव जातिलाई भौतिक मात्र नभई आध्यात्मिक सुखसमेत प्रदान गर्ने कार्य सँगसँगै लैजानुपर्ने सन्देश चिनियाँ नीतिले दिएको बताए । पछिल्लो समय चीनले कम्फुसियसका दर्शनलाई समाजको नैतिक विकासमा प्रयोगको नीति लिएको उल्लेख गर्दै मन्त्री पाण्डेले बुद्ध र हिन्दु दर्शनको ‘परोपकाराय पुण्याय तथा वसुधैव कुटुम्बकम्’सँग धेरै हदसम्म यो मिल्ने धारणा राखे ।

नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदा चिनियाँ नागरिकका लागि आकर्षक र प्रिय रहेकाले उनीहरूलाई नेपाल भित्र्याउन नेपाली वायुसेवा चलायमान र सुरक्षित छ भन्ने विश्वास दिलाउन आवश्यक रहेको उनको भनाइ थियो ।

नेपालका लागि चिनियाँ राजदूत चेन संगले चिनियाँ राष्ट्रपति सी जिन पिंगले सांस्कृतिक ‘रोड म्याप’ बनाएर समाजका जटिलताहरूको उत्तर दिन खोजेको बताए । नयाँ पुस्तामा देखा परेको सांस्कृतिक जिज्ञासालाई राष्ट्रपति सिको अभियानले पूरा गर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस