काठमाडौँ। बैंकिङ कसुर तथा सजाय विधेयकमा संशोधन प्रस्ताव राख्ने समय खुला भएको छ ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
जसलाई सभाले सर्वसम्मत रूपमा स्वीकार गरेको छ । यो सँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्न सक्ने समय खुला भएको हो ।
यो विधेयक तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले ६ जेठ २०८० मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रतिनिधि सभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको हो ।