काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सभामा विशेष सम्बोधन गर्ने भएका छन् ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले ओलीलाई सम्बोधनका लागि अनुरोधसहित निमन्त्रणा गरेका छन् ।
ओलीले फागुन २३ गते दिउँसो २ बजे प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गरेका थिए ।