८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी : उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छौँ

अ+ अ-

महेन्द्रनगर (धनुषा) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत उत्पीडित समुदायको अधिकार स्थापित गर्न आफ्नो पार्टी सदैव लागिपरेको  बताएका छन् । 

धनुषाको हङ्सपुर नगरपालिकाको सोनिगामा आज आयोजित ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन, संघीयताको व्यवहारिक अभ्यास, समावेशी प्रतिनिधित्व र मधेसको विकासमा प्राथमिकता दिँदै आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको स्पष्ट पारे । 

अध्यक्ष दहालले मधेसको माग पूरा गराउन पार्टी दृढतापूर्वक लाग्ने उल्लेख गरे । मधेसको विकासका लागि हुलाकी राजमार्गको निर्माण कार्य छिटो सम्पन्न गराउन माओवादी केन्द्रले दबाब दिने बताए । कमला पुलको शीघ्र निर्माणबारे स्थानीयले राख्दै आएको मागप्रति आफ्नो पार्टीको समर्थन रहेको उनले स्पष्ट पारे ।

माओवादी केन्द्रले जनताको भावना बुझ्न ‘घर-घर अभियान’ सञ्चालन गरिरहेको अध्यक्ष दाहालको भनाइ थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले मधेसी जनताको पक्षमा आफ्नो पार्टी सधैँ इमानदार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस