५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवार वृहत् सरसफाइ अभियान सुरु: थोत्रा गाडी हटाइँदै, अनावश्यक पर्खाल भत्काइने

अ+ अ-

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारलाई व्यवस्थित र सफा बनाउने उद्देश्यसहित वृहत् सरसफाइ अभियान थालिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबारदेखि अभियानको औपचारिक सुरुवात गरिएको हो।

मुख्यसचिव एकनारायण अर्यालको निर्देशनमा सिंहदरवारलाई हरियालीयुक्त, सफा र चिटिक्क पारिन लागिएको हो । जसको शुरुवात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा रहेका थोत्रा गाडी हटाउने, अनावश्यक बार तथा साना पर्खालहरू भत्काउनबाट शुरु गरिएको छ । यस्तै परिसरलाई हरियालीयुक्त बनाउने कार्यलाई प्राथमिकता दिइएको छ।

शासकीय मामिला हेर्ने सचिव चुडामणि पौडेलका अनुसार अब सिंहदरवारभित्रका विभिन्न मन्त्रालय तथा खाली ठाउँहरूमा रहेका सबै थोत्रा गाडी हटाइने छ भने बाहिरी पर्खालबाहेक भित्र रहेका साना पर्खालहरू भत्काएर हरियाली प्रवर्द्धन गरिने छ।

सिंहदरवार परिसर समयसँगै अव्यवस्थित र फोहोर हुँदै गएपछि यसलाई पुन: स्वच्छ र व्यवस्थित बनाउन आवश्यक देखिएको पौडेलको भनाइ छ।

यसअघि पनि सहसचिव एवं हाल प्रधानमन्त्रीको निजी सचिवसमेत रहेका विनोद कुँवरको नेतृत्वमा वृहत् सरसफाइ अभियान सञ्चालन गरिएको थियो, जसअन्तर्गत सिंहदरवारबाट दर्जनौं टन फोहोर संकलन गरिएको थियो। त्यतिबेला प्रत्येक मन्त्रालयले सरसफाईलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे पनि कुँवरको सरुवापछि पुन: पुरानै अवस्थामा फर्किँदा फोहोरहरु थुप्रिँदै गएको थियो ।

सिँहदरवार सरसफाइ अभियानले सिंहदरवारलाई प्रशासनिक मर्यादा अनुरूप स्वच्छ, व्यवस्थित र हरियालीयुक्त बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस