काठमाडौँ । घुस रकमसहित पक्राउ परेका प्रहरी नायव निरीक्षक (सई) भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
सवारी साधनहरूलाई आवतजावत गर्न सहजीकरण गरिदिए बापत २५ हजार घुस-रिसवत लिएको आरोपमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख सई ललित कुमार बुढाथोकीलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले सई बुढाथोकीलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका वडा नं. ४ स्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
सम्बन्धित समाचार : घुस कमसहित प्रहरी नायव निरीक्षक अख्तियारको नियन्त्रणमा
सम्बन्धित समाचार : नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर