काठमाडौँ । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने स्थानीय तहका प्रमुख र वडाध्यक्षहरूलाई कारबाही हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
सर्वोच्च अदालतको फैसलाको उल्लंघन हुने गरी १ फागुनमा जनयुद्ध दिवसको नाममा बिदा दिएर उनीहरूले अदालतको अवहेलना गरेको निवेदनमा दाबी छ ।
अधिवक्ता ज्ञानेन्द्र आरण, नेपाली काँग्रेसका नेताहरू कुलबहादुर गुरुङ, विनयध्वज चन्द लगायतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन् ।
उनीहरूले १ फागुनमा जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिनेहरूलाई अवहेलनाको कारबाही हुनुपर्ने माग गरेका छन् ।