८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब १५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य हुने

अ+ अ-

काठमाडौँ । अब बजारमा कारोबार हुने सेयरको अन्तिम मूल्य भारित औसतमा आधारित हुने भएको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै सो कम्पनीको सेयरको अन्तिम मूल्य तय हुने गरी नेप्सेले प्राविधिक तयारी गरिरहेको छ ।

हालसम्म बजार बन्द हुँदा अन्तिम पटकको कारोबार मूल्य नै त्यस दिनको लागि सो कम्पनीको अन्तिम मूल्य रहँदै आएको छ ।

नेपाल स्टक एक्स्चेन्जले नयाँ व्यवस्था कार्यान्वयन गर्ने गरी धितोपत्र बोर्डबाट नीतिगत व्यवस्थाका लागि स्वीकृत पाएको छ । नेप्सेले केही साताभित्रै यो कार्यान्वयनमा ल्याउने गरी प्राविधिक तयारी थालेको स्टकले जनाएको छ । 

केही खेलाडीहरूले सेयर मूल्य बढाउन तथा घटाउनका लागि अन्तिम एक मिनेटमै चलखेल गर्ने गरेको आरोपपछि नेप्सेले यस्तो व्यवस्था लागू गर्न थालेको हो । खासगरी लोक्याप कम्पनीमा अन्तिम एक मिनेटमै खेलाडीहरूले मूल्य उच्च दरमा बढाउन वा घटाउन सक्ने सामर्थ्य राख्दै आएका छन् ।

यसले गर्दा दिनभर १० प्रतिशत घटेको वा बढेको कम्पनीको सेयर मूल्य अन्तिम एक मिनेटमै विपरीत १० प्रतिशतको सीमामा पुग्ने गरेको छ । अन्तिम मूल्य जुन तय हुन्छ, भोलिपल्टबाट सोही मूल्यमा २ प्रतिशतको सीमाभित्र रहेर पहिलो कारोबार हुने गर्छ ।

यहीँ चलखेल रोक्नका लागि अब अन्तिम १५ मिनेटको अर्थात् २ : ४५ देखि ३ : ०० बजेसम्मको भारित औसत कारोबार मूल्य नै सो कम्पनीको अन्तिम सेयर मूल्य तय हुने गरी व्यवस्था गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस