८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बैंक तथा वित्तीय संस्थाको सरकारी सुविधा रोक्न माग

अ+ अ-

काठमाडौँ । बैंकिङ क्षेत्रमा अनिवार्य सामाजिक सुरक्षा कोष लागू नगर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले आपत्ति जनाएको छ ।

संवैधानिक मौलिक अधिकारको रूपमा रहेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालगायतका अधिकारको व्यवस्था लागू गर्न नपर्ने अदालतको आदेश संविधान विपरीत भएको भन्दै जेटीयूसीसीले आपत्ति जनाएको छ ।

जेटीयूसीसीका अध्यक्ष जगत सिम्खडासहितको टोलीले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई १६ बुँदे ज्ञापन पत्र बुझाउँदै सबै श्रमिकलाई श्रम ऐन, २०७४ लागू हुनुपर्ने कानूनी व्यवस्थालाई कार्यान्वयनका लागि आवश्यक पहल गर्न ध्यानाकर्षण गराएको हो ।

संस्थाले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन बाँकीलाई सूचीकरण हुन पत्राचार गर्न पनि श्रम मन्त्रीको ध्यानाकर्षण गराएको छ । कोषमा सूचीकरण भएका, तर नियमानुसार योगदान रकम जम्मा नगरेका, केवल स्थायी वा नियमित काम गर्ने सीमित श्रमिकलाई सूचीकरण गरेका सबै प्रकारका उद्योग, फर्म, कम्पनी, सेवा तथा व्यवसायका रोजगारदाताबाट योगदान रकम सामाजिक सुरक्षा ऐनको दफा ९ (१) बमोजिम अनिवार्य असुल गर्न तथा सरकारबाट दिइने सुविधा र विभिन्न छुट सहुलियत रोक्न ध्यानाकर्षण गराएको छ ।

सार्वजनिक क्षेत्रमा कार्यरत करारका कामदार तथा श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन आगामी बजेटमा आवश्यक रकम बजेट विनियोजित गरी तत्काल कार्यान्वयनमा ल्याउन पनि ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको हो । अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि कानूनत: रोजगारदाताको रूपमा नेपाल सरकारको तर्फबाट योगदान गर्नुपर्ने आवश्यक रकम संघीय र प्रादेशिक बजेटमा विनियोजन गर्न पनि ध्यानाकर्षण गराएको छ ।

संस्थाले सामजिक सुरक्षा कोषमा सूचीकृत हुन बाँकीलाई सूचीकरण हुन पत्राचार गर्न पनि श्रममन्त्रीको ध्यानाकर्षण गराएको छ । कोषमा सूचीकरण भएका, तर नियमानुसार योगदान रकम जम्मा नगरेका, केवल स्थायी वा नियमित काम गर्ने सीमित श्रमिकलाई सूचीकरण गरेका सबै प्रकारका उद्योग, फर्म, कम्पनी, सेवा तथा व्यवसायका रोजगारदाताबाट योगदान रकम सामाजिक सुरक्षा ऐनको दफा ९ (१) बमोजिम अनिवार्य असुल गर्न तथा सरकारबाट दिइने सुविधा र विभिन्न छुट सहुलियत रोक्न ध्यानाकर्षण गराएको छ ।

सार्वजनिक क्षेत्रमा कार्यरत करारका कामदार तथा श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन आगामी बजेटमा आवश्यक रकम बजेट विनियोजित गरी तत्काल कार्यान्वयनमा ल्याउन पनि ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि कानूनतः रोजगारदाताको रुपमा नेपाल सरकारको तर्फबाट योगदान गर्नुपर्ने आवश्यक रकम संघीय र प्रादेशिक बजेटमा विनियोजन गर्न पनि ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस