काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा विभिन्न ११ वटा कार्यसूची रहेका छन् । जसमा एउटा विधेयक र बाँकी अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
