७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध लागूऔषध सहित सातजना पक्राउ

अ+ अ-

मकवानपुर । हेटौँडा उपमहानगरपालिका नेवारपानीबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्राम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानुभाबर बस्ने २३ वर्षीय ईमान सिंह घलान र सोही गाउँपालिका-२ सुनासौरा बस्ने २३ वर्षीय रामचन्द्र घलान रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख ७१६५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित मंगलबार बिहान पक्राउ गरेको हो ।

यस्तै, मोरङ, बिराटनगर महानगरपालिका-१५ चाइना मार्केटबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम १ सय ४० मिलिग्राम सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया थाना फारबिसगंज-७ बस्ने २८ वर्षीय अर्जुन मल्लिक, बिराटनगर महानगरपालिका-१७ बस्ने १९ वर्षीय साईनम गुरुङ र लेटाङ नगरपालिका-३ बस्ने ४० वर्षीय नवीन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

त्यसै गरी जुम्ला, चन्दननाथ नगरपालिका-५ जुगार्डबाट नियन्त्रित लागू औषध ट्राम डोल ४० ट्याब्लेट सहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २० वर्षीय लक्की परियार र २३ वर्षीय प्रवीण परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

हाल पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस