६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सचिव नियुक्तिको रस्साकस्सी: कसले मार्ला बाजी ?

अ+ अ-

काठमाडौं । बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै गर्दा स्वास्थ्य सेवाका कर्मचारीहरूमाझ सचिव नियुक्तिको विषयमा चर्को सरगर्मी छ । सचिव पदका लागि बढुवा प्रक्रियामा स्पष्ट मापदण्डहरू भए पनि अन्तिम निर्णय नेतृत्वको विशेषाधिकारमा रहने हुँदा प्रतिस्पर्धीहरूमा उच्च कौतुहलता छ । अन्य सेवामा सामान्य चासो रहने सचिव बढुवा स्वास्थ्य सेवामा भने व्यापक चर्चा र रस्साकस्सीको विषय बनेको छ ।

सिफारिसमा परेका तीनै जना उम्मेदवारले पूरा कार्यकाल पाउने भएकाले पनि यस पटकको नियुक्ति विशेष महत्त्वपूर्ण बनेको छ । राजनीतिक, व्यावसायिक तथा अन्य विभिन्न दृश्य–अदृश्य शक्तिकेन्द्रहरूको सक्रियताले सचिव छनोट प्रक्रिया झनै पेचिलो बनाएको छ ।

को कहिले र कस्तो छ अनुभव ? 
तत्कालीन स्वास्थ्य सचिव डा. फागुन पहिलो साता अनिवार्य अवकाशमा गएपछि रिक्त भएको सचिव पदका लागि १२ औँ तहका अतिरिक्त सचिवहरू डा. विकास देवकोटा, डा. संगीता कौशल मिश्र र डा. टंक बाराकोटी सिफारिसमा परेका छन् ।

बढुवा सिफारिस समितिले कार्यसम्पादन मूल्यांकन, अनुभव र ज्येष्ठताको आधारमा यी तीन जनाको नाम सिफारिस गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, आयोगका एक सदस्य, मुख्य सचिव एकनारायण अर्याल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ र पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी रहेको समितिले उनीहरूको नाम सिफारिस गरेको हो । 

डा. मिश्र २०७९ असार २३ मा अतिरिक्त सचिवमा बढुवा भएकी हुन् भने डा. देवकोटा र डा. बाराकोटी २०७९ चैत १३ मा एकै साथ बढुवा भएका हुन् ।

सचिव नियुक्तिको विषयमा नेपाली कांग्रेसभित्रै पनि मतभेद देखिएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेल कार्यानुभव र नेतृत्व क्षमताका आधारमा डा. विकास देवकोटालाई सचिव बनाउन चाहेको बताइन्छ भने काँग्रेस सभापति शेरबहादुर देउवा, मधेसका काँग्रेस नेता तथा अन्य केही अधिकारीहरू समावेशीकरणको दृष्टिकोणबाट डा. संगीता कौशल मिश्रलाई पो दिने हो कि भन्नेमा छन् । 

२०५३ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेका डा. देवकोटा अनुभवका हिसाबले अगाडि छन् । उनले जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल, प्रदेश सचिवालयसम्मका जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी स्वास्थ्य सेवा विभागका महानिर्देशक छन् । 

२०६९ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी मिश्र मेडिकल अधिकृत, अस्पताल प्रमुख हुँदै केही समय महानिर्देशक बनेकी थिइन् ।

२०५६ सालमा सेवा प्रवेश गरेका डा. बाराकोटीले लामो समय मेची अस्पतालमा नेतृत्व गरेका थिए भने स्वास्थ्य मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।

अबको प्रतिस्पर्धा ? 
अबको प्रतिस्पर्धा विशेष गरी दुई प्रमुख आधारमा हुने देखिन्छ- पहिलो, ज्येष्ठताको आधारमा सचिव छनोट गर्ने कि कार्यसम्पादन मूल्यांकन गर्ने ? दोस्रो, समावेशीकरणलाई प्राथमिकता दिने कि प्रशासनिक सशक्त नेतृत्वलाई प्रधानता दिने ? राजनीतिक प्रभाव पनि निर्णय प्रक्रियामा निर्णायक हुनसक्ने देखिन्छ । 

यसका साथै राजनीतिक नेतृत्वलाई उपयुक्त लागेको तीन जना मध्ये कुनै पनि अधिकारीलाई बढुवा गर्न सक्ने अधिकार मन्त्रिपरिषदमा छ । यसअघि पनि कैयन पटक तीन नम्बर तथा दुई नम्बरमा रहेका अधिकारीहरू बढुवा गरिएका प्रशस्तै उदाहरणहरू छन् । त्यसैले पनि बढुवा सिफारिस समितिकै आधारमा बढुवा हुन्छ भन्ने रहँदैन । यद्यपि यौटा आधार भने रहन्छ नै । 

सचिव बढुवा भइरहँदा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको हाल अस्तव्यस्त अवस्थामा रहेको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न सक्ने सक्षम नेतृत्व चयन गर्नु हो । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको स्वास्थ्य मन्त्रालयको अक्षमताका कारण देशले कैयन् समस्या भोगिरहेको छ । आगामी दिनमा यस्ता समस्याहरू दोहोरिन नदिन र सुधारको नेतृत्व गर्न सक्षम व्यक्तिलाई नै सरकारले सचिवमा नियुक्त गर्नेछ ।

आज बेलुका ६ बजे बस्ने मन्त्रिपरिषद् बैठकपछि मात्र स्वास्थ्य सचिव पदको टुंगो लाग्नेछ । अब केही घण्टाभित्रै स्पष्ट हुनेछ-स्वास्थ्य सचिव को बन्ने ? डा. विकास देवकोटा, डा. संगीता कौशल मिश्र, वा तिनैका बीचबाट डा. टंक बाराकोटी ?

सम्बन्धित समाचार : बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, प्रशासन र स्वास्थ्यतर्फ दुई सचिवको नियुक्तिको सम्भावना

प्रतिक्रिया दिनुहोस