९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ महिनामा ७ सय ९४ जना प्रतिवादी पक्राउ

अ+ अ-

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले आठ महिनाको अवधिमा सात सय ९४ जना प्रतिवादी पक्राउ गरेको छ ।

अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ गर्न चलाएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सात सय ९४ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । पक्राउ परेका प्रतिवादीबाट एक सय २९ वर्ष सात महिना एक दिन कैद भुक्तान र रु. एक करोड १२ लाख ४७ हजार दुई सय ७८ राजस्व तथा जरिबाना असुलउपर गरिएको उनले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत रहेका ८६ प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्ला अदालतबाट सजाय पाएर कैद भुक्तान नगरी फरार रहेका विभिन्न स्थानका प्रतिवादी पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन, लागुऔषध ओसारपसार तथा भन्सार चोरी निकासी नियन्त्रण र नव प्रवर्द्धनात्मक गरी चार अभियान जिल्ला प्रहरी कार्यालयले चलाएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए । फरार प्रतिवादी पक्राउ गर्दै अपराध गरेर भागे पनि कानुनले छाड्दैन भन्ने सन्देश प्रवाह गर्न नेपाल प्रहरीले अपराध न्यूनीकरणमा आफ्नो कर्तव्य निर्वाह गरेपछि प्रहरीको काम कारबाहीप्रति जनसमुदायको विश्वास बढेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस