काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर बन्न खोजेको टिप्पणी गरेकी छिन् ।
बुधवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले संविधान नमानेर हिटलर प्रवृत्ति देखाएको बताएकी हुन् । प्रधानमन्त्री ओलीले आफूले संविधान मान्न नपर्ने तर अरु सबैले मान्नुपर्ने सोचाई राखेको भन्दै हिटलरको संज्ञा दिएकी हुन् ।