७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुखानी पुगेर गुरु बरालले भने-सहिदको सपना एमालेबाहेक कसैले पूरा गर्न सक्दैन  

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमालेबाहेक कसैले सहिदको सपना पूरा गर्न नसक्ने बताएका छन् ।

नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहतस्थलमा आयोजित स्मृति दिवसमा बरालले त्यसका लागि एमाले प्रतिबद्ध रहेको बताए । 

सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरूको सपना पूरा हुने बताउँदै उनले गन्तव्यहीन यात्रामा रहेका, अलमलमा परेकालाई पार्टीमा फर्किन आव्हान गरे ।

माई नगर कमिटीको व्यवस्थापनमा आयोजित कार्यक्रममा उपाध्यक्ष बरालले भने, ‘यो मुलुकको विकासको नेतृत्व एमालेले गर्छ, तपाईँहरू मूल प्रवाहमा समाहित हुनुहोस् ।’

‘नेपाली जनताको मुक्तिका लागि जीवन बलिदान दिने सहिदहरूको सपना साकार पार्न एमाले बाहेकले खुट्टा कमाउने अवस्था छ’, उनले थपे, ‘अरूले खुट्टा लरबराउन सक्छन्, बाटो बिराउन सक्छन् । गन्तव्यहीन यात्रा रोज्न सक्छन् । एमाले सहिदको सपना पूरा गर्न सधैँ प्रतिबद्ध भई लागिरहनेछ ।’

नेता बरालले संविधानका सबल पक्षलाई अघि बढाउँदै कमजोरी भए सच्याएर जानुपर्ने बताए ।

कार्यक्रममा सहिद नेत्र घिमिरेकी छोरी कल्पना घिमिरेले सहिद परिवारलाई कुनै स्वार्थ नरहेको बताइन् । विगतमा सबै खाले समस्याहरू भोगियो, अब जनताको सुख नै सहिद परिवार एक मात्र स्वार्थ हुने उनको धारणा छ ।

सुखानी सहिदहरूको प्रेरणाले नै लाखौँ नेपाली नेकपा एमालेमा लागेको र देशको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी बन्न सफल भएको भन्दै कल्पनाले सहिदले देखाएको बाटो नभुल्न आग्रह गरिन् ।

वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँच जना नेताहरू नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस