८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा

अ+ अ-

ओफुनातो, जापान । जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ। डढेलो निभाउन संघर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउँको हल्का वर्षाले डढेलो नियन्त्रणमा सहयोग पुग्ने आशा पलाएको छ।

उत्तरी शहर ओफुनातो वरपर एक हप्ताभन्दा बढी समयदेखि लागेको डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै करिब चार हजार बासिन्दालाई आफ्नो घर खाली गर्न बाध्य पारिएको छ।

यसले लगभग दुई हजार ९०० हेक्टर (म्यानहट्टनको लगभग आधा आकार) लाई सखाप पारेको छ र यो सन् १९७५ होक्काइदोमा दुई हजार ७०० हेक्टर जलेको डढेलोपछिको सबैभन्दा ठूलो डढेलो हो।

एएफपीका संवाददाताका अनुसार बुधबार भएको हल्का वर्षा र हिउँका कारण पहाडहरूबाट सेतो कुहिरो निस्केको देखिएको थियो। बिहीबारसम्म थप पानी पर्ने अनुमान गरिएको छ।

आफ्नो घरबाट भागेर आफन्तसँग बसिरहेका ८५ वर्षीय मित्सुओ ओत्सुबोले भने, “मैले पहिले कहिल्यै नदेखेको यति ठूलो डढेलोले बस्तीहरूलाई त्रसित पारेको छ। यो विशाल छ र तीव्र गतिमा फैलिइरहेको छ।”

“यो वर्ष वर्षा वा हिमपात भएको छैन। खुशीको कुरा आज वर्षा भएको छ। म केवल आशा गर्न सक्छु कि यसले स्थितिलाई नियन्त्रण गर्न मद्दत गर्नेछ।” समुद्री शैवाल र ‘स्क्यालप’ (सामुद्रिक झार) को खेती गर्ने एक किसानले भने। जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढेसँगै जापानमा गत वर्ष अहिलेसम्मकै सबैभन्दा बढी गर्मी भएको थियो।

ओफुनातोमा फेब्रुअरीमा मात्र २।५ मिलिमिटर ९०।१ इन्च० वर्षा भएको थियो जसले सन् १९६७ को ४.४ मिलिमिटरको उक्त महिनाको रेकर्ड तोडेको थियो।

‘कहाँ भाग्ने थाहा छैन’
करिब २७० जना मानिस आश्रय लिएर बसिरहेको एउटा हलमा अस्थायी टेन्टहरू राखी बसिरहेका ६९ वर्षीय फुमिको तनाकाले एएफपीसँग भने, जनजीवन अस्तव्यस्त बनेको छ।

हलमा पानीका बोतल र खानाका सामग्रीहरू टेबुलहरूमा यत्रतत्र छरिएको अवस्थामा देखाउँदै उनले भने, “घर छोडेर यस्तो वातावरणमा बस्नु कम पीडादायी पक्कै छैन तर यो भन्दा बढी पीडा घर र त्यहाँको सम्पत्ति के भयो भन्ने भएको छ।”

“डढेलो सबैभन्दा डरलाग्दो विपत्ति हो, यो एक ठाउँबाट अर्को ठाउँमा फैलिन्छ र कता भाग्ने भन्ने पनि मानिसलाई निश्चित हुँदैन”, ६९ वर्षीय तनाकाले भने, “म केवल आशा गर्न सक्छु कि आगो बस्ती र मेरो घरमा नपुगोस्।”

तनाका र माछा मार्ने व्यवसाय अपनाएका उनका पतिले भने, ‘हरेक वर्ष जलवायु परिवर्तनको प्रभाव महसुस गर्छन् र यसलाई परम्परागत रूपमा नै व्याख्या गर्छन्। समुद्रको बढ्दो तापक्रमले माछाको आहारामा असर परेको छ र पनि पहिलेजस्तो सहज पाइँदैनन्। यसले माछा हाम्रो दैनिकीलाई पनि असर गरेको छ।”

आगलागीबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरिएको छ तर विस्तृत विवरण आउन बाँकी रहेको अग्नि नियन्त्रक निकायले जनाएको छ।

तातोपानीको सेवा दिने एक होटेलका मालिकले स्वेच्छाले आफ्नो सरायको सुविधा विस्थापितहरूका लागि खाली गरी नि:शुल्क सेवा दिइरहेको बताए।

ओफुनातो ओन्सेनका ६० वर्षीय तोयोशिगे शिदाले एएफपीसँग भने, “आश्रयस्थलमा जीवनको अस्तव्यस्ततासँग जुध्न नुहाउन नसक्नुले पक्कै पनि तपाईँलाई निराश तुल्याउँछ।”

सन् २०११ मा आएको विनाशकारी भूकम्प र सुनामीका कारण ओफुनातोमा मात्रै कम्तीमा ३४० जनाको मृत्यु भएपछि मानिसहरूले भोग्नुपरेको पीडा देखेपछि आफूले उक्त सराय निर्माण गरेको उनले बताए।

शुष्क मौसम
जापानमा सन् १९७० को दशकयता डढेलोको घटनामा कमी आएको छ। सन् २०२३ मा फेब्रुअरीदेखि अप्रिलसम्मको अवधिमा करिब एक हजार ३०० हेक्टर क्षेत्रमा डढेलो फैलिएको थियो।

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका पूर्व अग्नि तथा उद्धार आयुक्त ग्रेग मुलिन्सले एएफपीसँग भने, “यो आगो र लस एन्जलसको हालैको डढेलो ‘अत्यन्त असामान्य’ थियो किनभने ती जाडो याममा थिए।

उनले भने, “दुवै अवस्थामा डढेलो लाग्नुभन्दा पहिले वर्षाको कमीले परिदृश्यलाई सुख्खा बनायो। गर्मी बढ्यो जसले वाष्पीकरण र वनस्पतिलाई व्यापक मात्रामा सुख्खा बनायो। त्यसपछि बनमा डढेलो लाग्यो र सङ्कट निम्त्यायो।

इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन ग्रुपका संस्थापक मुलिन्सले भने, “यो जलवायु परिवर्तनको साझा उपज हो।”

“जब ग्रह थप तातो हुन्छ, हामी ती ठाउँहरूमा डढेलो र आगलागी भएको देख्छौँ। जापानको ओफुनाता पहिले कहिल्यै यस्तो समस्या आएको थिएन।”

डढेलो र आगलागी नियन्त्रणका लागि टोकियोलगायत जापानका अन्य भागबाट तैनाथ करिब दुई हजार अग्निनियन्त्रकले हवाई र स्थलबाट काम गरिरहेका छन्।

ओफुनातोका मेयर कियोशी फुचिगामीले भने, “डढेलो एक हप्तादेखि चलिरहेको छ। अग्निनियन्त्रकहरूको टोलीलाई हरेक दिन सुदृढीकरण गरिएको छ। यसले सुख्खा मौसमको मात्रा र हामीले सामना गरिरहेका कठिनाइ देखाउँछ।” भिरालो ढलान र साँघुरा र घुमाउरो सडक भएको हिमाली तटीय क्षेत्रको भौगोलिक बनावटले आगो निभाउने कार्यमा बाधा पुर्‍याइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस