काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव एवं मधेस प्रदेश सरकारका प्रदेश प्रमुख सचिव मदन भुजेललाई सचिवमा बढुवा गरेको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कायम मुकायम प्रमुख सचिव भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि भुजेलसहित चन्द्रकला पौडेल र वीरेन्द्र कुमार यादवको नाम सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार: एक सचिवका लागि तीन सहसचिवको सिफारिस