काठमाडौँ। धुम्बाराहीमा इभी बसमा आगलागी भएको छ ।
चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा गएराति आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले प्रशासनलाई बताए । प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगलागी भएको हो ।
उनका अनुसार बसमा चार्ज गर्ने क्रममा आगलागी भएको हो । आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।