१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा

अ+ अ-

झापा । जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समितिका अनुसार राष्ट्रिय खेलकुद परिषद्को आयोजना र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन २३, २४ र २५ गते मेची रंगशालामा प्रतियोगिता हुँदैछ ।

जिल्लाका स्थानीय तहका विद्यालयहरूबाट प्रतिस्पर्धा गरी छनोट भएका माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका खेलाडीहरूले ६ वटा विधामा प्रतिस्पर्धा खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले बताए ।

यस वर्ष एथलेटिक्स (छात्र छात्रा) भलिबल (छात्र/छात्रा) कबड्डी (छात्र/छात्रा) कराते (छात्र/छात्रा) तेक्वान्दो (छात्र/छात्रा) र उसु (छात्र/छात्रा) खेल हुने उनले जानकारी दिए । प्रत्येक टिममा छ विधाका करिब १२५ जना खेलाडी तथा अफिसियल गरी करिब दुई हजार जनाको जमघट मेची रंगशालामा रहन अध्यक्ष भण्डारीले बताए ।

प्रतियोगिताका लागि खेलको विधा अनुसार मेची रंगशालालाई व्यवस्थित बनाइएको उनको भनाई छ । यसअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुनधारामा गराइएको थियो । प्रतियोगिताबाट विजेता खेलाडीहरू छनोट भई झापा जिल्लाको टिम बन्नेछ । करिब १२५ जनाको झापा टिम कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी बन्ने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न रु. १० लाख खर्च लाग्ने अनुमान गरिएको छ । यद्यपि, सम्बन्धित निकायहरूबाट हालसम्म कुनै पनि बजेट प्राप्त नभइसकेको कार्यालयले जनाएको छ । बजेट नआए पनि उद्योगी–व्यवसायी, खेलकुदप्रेमी, दाताहरूसँग सहयोग जुटाएर प्रतियोगिता सम्पन्न गरिने अध्यक्ष भण्डारीले बताए । राष्ट्रपति रनिङ शिल्डमा सामेल नभए पनि जिल्लामा उल्लेख्य खेलाडी रहेको आईटीएफ तेक्वान्दोको पनि प्रतियोगितात्मक प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस