५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राष्ट्रसंघीय तथ्यांक आयोगको बैठकमा नेपालद्वारा तथ्यांक सुधारका पहल प्रस्तुत

अ+ अ-

न्युयोर्क । ५६औँ संयुक्त राष्ट्रसंघीय तथ्यांक आयोगको बैठक मार्च ४ देखि ७ सम्म न्यूयोर्कमा सञ्चालन भइरहेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधु सुदन बुर्लाकोटीको नेतृत्वमा सहभागी नेपाल सरकारको प्रतिनिधिमण्डलले बैठकलाई सम्बोधन गर्दै देशमा तथ्यांक व्यवस्थापनका क्षेत्रमा भएका सुधार, अन्तर्राष्ट्रिय सहकार्यको महत्त्व, तथा भावी योजनाहरूबारे जानकारी गराएको छ।

नेपालले पछिल्लो समय तथ्यांक प्रणाली सुदृढ गर्न उठाएका कदमहरूको विवरण बैठकमा प्रस्तुत गर्दै, तथ्यांक संकलन, प्रशोधन र विश्लेषणलाई आधुनिक प्रविधिसँग जोड्ने कार्य भइरहेको प्रमुख तथ्याङ्क अधिकारी बुर्लाकोटी उल्लेख गरे । साथै, तथ्यांक सम्बन्धी नेपालका प्रयासहरूलाई निरन्तर सहयोग गर्दै आएका युएनडिपी, यूएनएफपीए, युनिसेफ, विश्व बैंक, यूएन वीमेन, एडिबी, आइएमएफ, आइएलओलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूप्रति आभार व्यक्त गरिएको छ।

नेपालले तथ्यांक सुधारका लागि प्राविधिक तथा वित्तीय सहयोगको आवश्यकतामाथि जोड दिँदै, अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग सहयोग तथा सहकार्यका लागि अनुरोध गरेको छ।

बैठकका क्रममा नेपालका प्रतिनिधिहरूले अन्य राष्ट्रका समकक्षी तथ्यांक संस्थाहरूसँग सम्बन्ध विस्तार तथा अनुभव आदान–प्रदानका विषयमा छलफल गरेका छन्।

नेपालले तथ्यांकको भरपर्दो प्रयोगमार्फत नीति निर्माण प्रभावकारी बनाउने लक्ष्य राखेको उल्लेख गर्दै, अन्तर्राष्ट्रिय समुदायको सहकार्य अझ आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस