काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मायाले नै काँग्रेस सबैभन्दा लोकप्रिय पार्टी बनेको बताएको छन्।
काँग्रेसनिकट भूपू सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस बलियो भए मात्रै मुलुकले समृद्धि पाउने बताए।
उनले भने, ‘सबैको मायाले काँग्रेस जनताको लोकप्रिय पार्टी बनेको छ। लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुरक्षित हुन्छ। त्यसैले पार्टीलाई बलियो बनाउनको लागि शुभेच्छुक संस्थाहरू बलियो हुनुपर्छ। काँग्रेस बलियो भए मात्रै देशको समृद्धि हुन्छ।’
उनले भारतीय सेनाको अग्निपथका बारेमा सरकारसँग कुरा चलिरहेको बताए।