काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दशरथ रंगशालामा दर्शक कुट्नेहरूलाई पार्टीका गुण्डा भनेकोप्रति एमाले सांसद ईश्वरबहादुर रिजालले असन्तुष्टि जनाएका छन्।
हिजोको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीकै पार्टीका बिल्लादारी कार्यकर्ता गुन्डाहरूले मान्छे कुटेको भन्दै असन्तुष्टि जनाएका थिए।
तर, उनले रंगशालामा दर्शकलाई कुट्ने व्यक्ति बिल्लादारी गुण्डा नभई लोकतन्त्रका सेनानी भएको तर्क गरे।
उनले भने, ‘हिजो मात्रै सदनमा बिल्लादारी गुन्डाहरू भन्ने शब्द सुनियो, यो संसदीय शब्द होइन, असभ्य शब्द हो, उनीहरू बिल्लादारी गुन्डा होइनन्, लोकतन्त्र, गणतन्त्रका सेनानी हुन्, जब लोकतन्त्रमाथि प्रहार हुन्छ, चुप लाएर बस्दैनन् जब चुप लाग्नेछन् तब दुनियाँले सुन्ने छ, ती सेनानीहरूको तागत कति हुँदो रहेछ।’