७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीमसेनको लिंग प्रदर्शनसँगै भक्तपुरमा होली सुरु

अ+ अ-

भादगाउँ । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडि भीमसेनको लिंग प्रदर्शन गरिएको छ । तीन हात लामो, ३० इन्च गोलाइको काठको लिङ्ग प्रदर्शनसँगै भीमसेन गुठीका गायजुहरुले ‘भीमसेन देया लज्ज खङ लो वानला, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले देखेर लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ बोलको यौनरस युक्त गीतसमेत गाउने गर्दछ ।

फागु पर्वको सुरुआत भएको जनाउन काठमाडौँको वसन्तपुरमा चीर स्वायगु (चीर गाडे) सँगै भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखि लिंग प्रदर्शनमा राखिएको हो । लिंगसँगै यौन समागमनको दृश्य झल्कने गरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिंग प्रवेश गराइएको छ । झुन्ड्याएको लिंग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यस दृश्यलाई भीमसेन र द्रौपदीको यौन समागमका रूपमा लिइन्छ ।

चीर स्वायगु भनेर काठमाडौँको हनुमानढोकास्थित वसन्तपुरमा रङ्गीबिरङ्गी कपडाहरूको ध्वजासहित तीन खण्डे चीर ठड्याइएर फागु पर्व सुरु भएको जनाउ दिने गर्दछ भने भक्तपुरमा भने तचपालमा काठको लिंग प्रदर्शनमा राखेर चीर स्वायगु गरिन्छ । भक्तपुरवासीले सो काठको लिंगलाई भीमसेनको लिंग र रातो कपडालाई द्रौपदीको योनीका रूपमा लिन्छन् । मन्दिरभित्र रहने सो लिंगलाई फागु पर्वका अवसरमा वर्षको सात दिन प्रदर्शन गर्ने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले जानकारी दिए ।

“पहिला पहिला लिंगको प्रतीक एउटा काठको मुढा मात्र राख्ने परम्परा थियो । पछि यो खुल्ला रूपमा यसरी प्रदर्शनमा ल्याएको हो”, संस्कृतिकर्मी राजोपाध्यायले भने । वसन्त ऋतुको आगमनसँगै फागु पर्वलाई सृष्टिलाई अभिप्रेरित गर्ने पर्वका रूपमा मनाइन्छ । यो समय कामदेव आफैँ सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देश यसले दिएको उनको भनाइ रहेको छ ।

चीर स्वायगु अर्थात् चीर गाड्ने कार्यलाई शिवशक्ति मिलनका रूपमा लिनुपर्ने राजोपाध्याय बताउँछन् । “महादेवको ११औँ अवतारमध्ये भीमसेन पनि एउटा रूप हो । त्यस मानेमा यो प्रदर्शनमा राख्नुलाई महादेव र पार्वतीको प्रतीकका रूपमा पनि लिन सकिन्छ,” उनले भने, “काठमाडौँमा विभिन्न रङ्गीन कपडाहरुसहित चीर ठड्याउँछ जुन यसैसँग मिल्छ र गोप्य छ तर भक्तपुरमा भने खुल्ला रुपले प्रदर्शन गरिन्छ ।”

लिंगलाई प्रदर्शनमा राखिनुअघि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरूमा परिक्रमा गर्ने परम्परा छ । घर र पसलमा घुमाउन ल्याएको लिङ्गको पूजाआजा गरी दर्शन गर्नाले व्यापार–व्यवसायमा उन्नति प्रगति हुने जनविश्वास छ । त्यसैले पाटीमा प्रदर्शनमा राखिएको लिङ्गको दर्शनका लागि फागु पूर्णिमासम्म भक्तजनको घुइँचोसमेत लाग्ने गर्दछ ।

फागु पूर्णिमाको दिन साँझपख सो लिंगलाई एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ्ग बोकेर जाने व्यक्तिलाई पुत्र लाभ हुन्छ भन्ने जनश्रुति रहेको पाइन्छ । 

लिंग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने यकिन तथ्य फेला परेको पाइएको छैन । यद्यपि भीमसेन मन्दिर राजा जगतप्रकाश मल्लले १७औँ शताब्दीमा निर्माण गरेको इतिहास पाइएकाले यो प्रचलन पनि सोही समयदेखि प्रचलनमा आएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस